कलैयामा सिभिल बैंकको नयाँ शाखा



काठमाडौं । सिभिल बैंकले बाराको कलैयामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंक सञ्चालक समितिका सदस्य युगेश बहादुर मल्ल र कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले संयुक्त रुपमा बैंकको कलैया शाखा उद्घाटन  गर्नुभयो । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सीसीटिभी.क्यामेरा प्रदान गरियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले गढि़माइ जस्तो पवित्र धार्मिक स्थल तथा देशको खाद्यान्नको प्रमुख उत्पादन हुने बाराको कलैयामा प्रशस्त अवसर देखेको भन्दै सो क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने बताउनुभयो ।
सिभिल बैंकका सञ्चालक समितिका सदस्य युगेश बहादुर मल्लले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताउनुभयो ।

SHARE THIS