एभरेष्ट बैंकले बनाइदियोअपाङ्गमैत्री शौचालय


काठमाडौं । एभरेष्ट बैंकले अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण सम्पन्न गरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्य अनुरुप नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द पश्चिम तर्फ छक्कुबक्कु मन्दिर नजिकै उक्त शौचालय बनाएको हो ।
शौचालयसँगै त्यहाको पार्क तथा चौतारी संरक्षणमा समेत बैंकले सहयोग गरेको छ । बैंकले यसै वर्ष विभिन्न स्थानमा गरी १४ वटा शौचालय निर्माण गरिसकेको जनाएको छ ।

SHARE THIS