एनआरएनएको नेतृत्व अस्वस्थ प्रतिष्पर्धा र प्रतिशोध भन्दामाथि उठेर साझा मुद्दामा केन्द्रित हुनुुपर्छ


शशी पन्थी, पोर्चुगल, 

गैर आवासीय नेपाली संघ(एनआरएनए) कोअब आउने नेतृत्वले यो संस्थालाई सबैले स्वीकार गर्न सक्ने बनाउनुपर्छ । यसका लागि राजनीतिक हस्तक्षेप र अरु पनि भएका विकृतिलाई हटाउनुपर्छ । एनआरएनएको आफनै उद्देश्य, पृष्ठभूमि र विशेषता छ यसलाई राजनीतिक झण्डामा समेट्न लागियो भने कुनै अमुख राजनीतिक दलको भातृ सङ्गठनको हैसियतका पुग्छ । यो संस्थालाई राजनीतिक दायराबाट माथि उठाउनुपर्छ । अहिले पनि एनआरएनएसँगै धेरैको अपेक्षा जोडिएको छ । संस्थालाई नेपालका दूरदराजमा पुगेर सामाजिक उत्तरदायीत्वका कामबाट नै चिनाउने हो । जति पनि नेपालीहरु छन् उनीहरुको समस्या के छन् बुझनुपर्छ । नेतृत्व लिइसकेपछि हराउने, सम्पर्कै नगर्ने अहिलेको प्रवृति हटाउनुपर्छ । नेतृत्वमा पनि समावेशी प्रतिनिधित्व हुनुपर्छ जस्तो मलाई लाग्छ । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने एनआरएनएको माग हो । यसलाई मूर्त रुप दिनेतर्फ नयाँ नेतृत्व लाग्नुपर्छ । चाहे सम्पत्तिको कुरा होस या यहाँ लगानीको कुरा होस । एउटा नेपाली भएका नाताले नेपालमै केही गर्न खोज्ने नेपालीका लागि सरकारले पनि आवश्यक सहयोगी भूमिका खेल्न जरुरी छ छ भने त्यसका लागि घचघच्याउने काम नेतृत्वले गर्नुपर्छ । सुरक्षित लगानीको वातावरण बनाइयो भने गर्न हुँदैछ ।

रमेश पौडेल, अष्ट्रेलिया
अब आउने तेतृत्वले दुई चारवटा कुरा तत्काल गर्नुपर्छ । संसारभर सदस्यताकै समस्या देखिएको छ । अष्ट्रेलियाकै हकमा भन्ने हो भने सिष्टम नै ह्याक गरियो । पारदर्शिताको कुरा छ । विभिन्न विकृति र अवान्छित क्रियाकलापले गर्दा संस्थाप्रति नै मान्छेहरुको आस्था कम हुँदै गएको छ । त्यस्ता धेरै कुरालाई सुधार्नुपर्ने जिम्मेवारी नयाँ नेतृत्वमा आएको छ । यस्ता कुरालाई सुधार्न सकियो भने एनआरएनए एउटा उत्कृष्ट संस्था बन्नेछ । पछिल्लो समय एनआरएनएमा राजनीति पस्यो भनिएको छ । भने जसरी राजनीति नै पसेको त होइन । राजनीतिको एउटा निष्चित सीमा हुन्छ जसले मानिसलाई सक्रिय बनाउँछ । तर संस्थामा गइसकेपछि चाहीँ राजनीति गर्न हुँदैन । राजनीतिक समूहहरु बीचको अस्वस्थ प्रतिष्पर्धाले विकृतिहहरु बाहिर आउने अवस्था आउनु राम्रो होइन । सम्मेलनकै बेलामा पनि अस्तव्यस्तता देखियो । यसले पनि राम्रो सन्देश दिएन । एनआरएनएको यो सम्मेलन भनेको समग्र एनआरएनए अभियानकर्मीहरुको ऐना हो । आम सर्वसाधारण जनताले यही सम्मेलनलाई हेरेर आफनो धारणा बनाउने हो । त्यसैले नेतृत्वले आगामी दिनमा ध्यान दिन जरुरी छ ।

पुनम गुरुङ, बेलायत
पहिलो प्राथमिकता भनेको ‘हाम्रो एनआरएनए राम्रो एनआरएनए’ बनाउने दिशामा नयाँ आउने नेतृत्वले केही ठोस काम गर्नुपर्छ । सम्मेलनकै दौरानमा जुन माहौल देखिएको छ त्यसले समग्र एनआरएनए अभियानकर्मीको छवी देखााउने हो । कुनै पनि संस्था अगाडि बढ्ने र फैलने क्रममा सँग सँगै विकृतिहरु पनि आउने हन् । तर नेतृत्वले बेलैमा त्यसको गोडमेल गर्दै अगाडि बढ्नुपर्छ । संस्थाको साख जोगाउने र गरिमा बढाउने काममा नेतृत्व लाग्नुपर्छ । एनआरएनएले जसरी आफुलाई कल्याणकारी संस्थाको रुपमा चिनाएको छ भोलीका दिनमा पनि त्यसैगरी लैजानुपर्छ । जनताको मनमनमा एनआरएनएलाई राख्न सक्नुपर्छ । एनआरएनएका आफनै मुद्दा छन् । हाम्रो नागरिकता निरन्तरताको कुरा छ, विषेशगरी बेलायतमा गोरखाको कुरा छ, सामुहिक रुपमा विश्वमा हेर्ने हो भने राम्रा काम पनि भएका छन र विभिन्न विकृतिहरु पनि भइरहेका छन् । अहिले संसारभर ४४ लाख युवाहरु छन् । हाम्रा युवाहरु नै हाम्रो देशको समृद्घिका वाहक हुन । त्यस्ता युवालाई सकेसम्म देशमै राख्ने वातावरण बनाऔं नसके बाहिर गएकाहरुबाट प्रविधि, सीप र ज्ञानको सदुपयोग गराउन नेतृत्वले  नेपाल सरकारसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।

गोमा सेन, अमेरिका
एनआरएनएले अहिले पनि राम्रो गरिरहेका छन् । देशका विभिन्न क्षेत्र र व्यवसायमा एनआरएनएले हातेमालो गरेर काम गरिरहेका छन् । अझ पछिल्लो समय एनआरएनए धनीको संस्था भनेर लाग्ने गरेको आक्षेप पनि तोडिएको छ । सामान्य हैसियतमा रहेको नेपालीले पनि त्यसमा पहुँच राख्ने अवस्था आएको छ । नेतृत्वको पनि विकास भएको छ । तर हाम्रो उद्देश्य भनेको एनआरएनएको संख्या बढाउने होइन घटाउने हो । देशभित्र केही नभएर विदेशिने होइन देशभित्र राजगारीका सम्भावनालाई बढाउने हो । अबको नेतृत्वले सरकारसँग सहकार्य गरेर त्यस्ता केही काम गरिहाल्नुपर्छ जसबाट दिनहुँ विदेशिने युवाहरुको पँक्तिलाई केही मात्रामा भएपनि कम गर्न सकोस । आज देशलाई समृद्घिको बाटोमा लैजाने भनिएको छ । भएका युवापँक्तिलाई विदेश पठाएर हुँदैन समृद्घि । अहिले खाडी मुलुकमा युवाहरुले दुःख पाएका छन् । ब्लड मनी तिर्न नसकेर फाँसीमा जानुपरेका उदाहरण पनि छन् । समग्रमा भन्दा नेपालमा कुनै सम्भावना र अवसर नदेखेर विदेशिने युवा पँक्तिलाई नेपालमै अवसर दिनका लागि एनआरएनएले नेपाल सरकारसँग सहकार्य गरेर केही काम गरिहाल्नुप¥यो ।
हेमराज सापकोटा, मलेसिया
अबको नेतृत्ले एनआरएनए भन्ने संस्थाको नाम सुन्ने वित्तिकै भित्री मनबाट हाम्रो आफनै संस्था भनेर अपनत्व गर्ने संस्थाको रुपमा अगाडि बढाउनुप¥यो । पछिल्लो समय संस्थामा विवादित मानसिकता, नेराश्यता छाएको छ । यस्ता कुरालाई चिरफार गरी राम्रो संस्थाको रुपमा विकास गर्नुपर्छ । विशेषगरी खाडी मुलुकमा रहेका लाखौं नेपालीहरुको हकहितमा काम गर्नुपर्छ । सामान्यभन्दा सामान्य श्रमिकको सानो पैसा पनि नेपालमा ल्याएर केही त्यस्ता क्षेत्रमा लगानीका लागि नेतृत्वले भूमिका खेल्नुपर्छ । ताकि विदेशमै रहने नेपालीले पनि आफनो देशप्रति केही अपनत्व महसुस गर्न सकुन । विदेशमा हुने हामी नेपाली नेपालमा केही गर्नका लागि स्वभाविक रुपमा इच्छुक हुन्छौं नैं । तर त्यसका लागि न्यूनतम  कुरा त हुनुप¥यो । त्यसका लागि आवश्यक लगानीको माहौल बजाउन अत्यन्तै आवश्यकता छन । यसका लागि नेतृत्वले सरकारसँग हातेमालो गरेर लाग्नुपर्छ ।

टिबी कार्की, कतार
अब आउने नेतृत्वले एनआरएनएको भित्रदेखि बाहिरसम्म सुद्घीकरण गर्न जरुरी छ । मुख्य प्राथमिकता भनेको सुद्घीकरण नै हो र हुन्छ पनि । अर्को कुरा जुन किसिमले महाधिवेशनको क्रममा भद्रगोल र साथीहरुलाई अभद्र किसिमले मतदाता साथीहरुलाई दुःख दिने काम भयो । अबका दिनमा यस्ता कुरालाई अध्ययन गरेर पाठ सिक्नुपर्ने भयो । सम्मेलनबाटै एनआरएनएप्रतिको आमधारणा बन्ने भएकाले नेतृत्वले यसतर्फ सोंच्न जरुरी छ । मतदानका लागि यसरी लाइन बसेर यत्रो दुःख पाउने भन्दा पनि घरमै बसेर कम्प्युटरबाट उम्मेदवार छान्न पाउने अवसर अबका दिनमा ल्याउनुपर्छ । यस्ता सम्मेलनबाट चुनाबी गतिविधिभन्दा पनि छलफल र अन्तरक्रियामा केन्द्रित गराउनुपर्छ । अहिले नेपाल सरकारले आर्थिक समृद्घिका लागि समृद्घ नेपाल र सुखी नेपाली भन्ने जुन लक्ष्य लिएको छ । त्यसलाई साथ दिएर अगाडि बढ्ने कार्ययोजनाका साथ अबको नेतृत्वका प्राथमिकता हुनुपर्छ ।

झलक केसी, बेल्जियम
एनआरएनएको नेतृत्वले गर्नुपर्ने काम धेरै छन् । नेतृत्वले संस्थागत रुपान्तरणबाट सबै सदस्यको भावना समेट्न अत्यन्तै जरुरी छ । निर्वाचनका क्रममा रहेका समूह र व्यक्तिको प्रतिशोध र भावनाई विर्सेर संस्थाको पुरानो साखलाई जोगाउँदै आगामी दिनमा अझै उचाई लिन जरुरी छ । सम्मेलनकै क्रममा संस्थाको विषयमा धेरै खालका टिकाटिप्पणी भएका छ । अवाञ्छित क्रियाकलाप, अस्वस्थ प्रतिष्पर्धा र राजनीतिकरण जस्ता कुरालाई वागमतिमा सेलाएर । नयाँ नेतृत्वले संस्थाको गरिमालाई जोगाउँदै स्थापनादेखि यसका उद्देश्यमा रहेर काम गर्नुपर्ने आवश्यकता छ । नयाँ नेतृत्वले संस्थाको गरिमालाई जोगाउँदै स्थापनादेखि यसका उद्देश्यमा रहेर काम गर्नुपर्ने आवश्यकता छ ।नेपालमा लगानीको वातावरण सुरक्षित देखिएको छैन । थुप्रै एनआरएनएले यहाँ लगानी गरिरहेका छन् र अझै धेरै आउन खोजिरहेका छन । त्यसका लागि नेतृत्वले सरकारसँग हातेमालो गरेर अवरोधको गाँठोलाई फुकाउँदै लगानीको वातावरण बनाउन जरुरी छ ।
इश्वरराज पौडेल, कतार
तुलनात्मक रुपमा हेर्ने हो भने खाडी मुलकहरुमा समस्या धेरै छन् । दूतावासमा पर्याप्त कर्मचारी छैनन । कामदारले काम गर्ने कम्पनीहरुले समयमा तलब नदिने समस्या पनि छन् । यस्ता कुरामा हामी व्यक्ति  विशेषले केही पनि गर्न सक्दैनौं । यस्ता समस्याका लागि अब आउने नेतृत्वले अध्ययन र विश्ेषण गरेर समाधान गर्नेतर्फ लाग्नुपर्छ । नेतृत्वले व्याक्तिगत भन्दा पनि समुहिक स्वार्थमा विश्वास गर्नुपर्छ । नेतृत्व चयनकै विषयलाई हेर्दा पनि यहाँ आएर राजनीतिक प्रभाव देखिएको भनिएको छ । त्यसो होइन । हरेक देशमा राजनीतिक विचारका आधारमा संगठन खोलिएका छन् । एनसीसीको निर्वाचनकै क्रममा पार्टीगत प्यानलबाट आएका हुन्छन । तर नेतृत्वमा आउनेले त्यो सोंच राख्नुभएन । नेतृत्व भनेको सबैको साझा हो । राजनीतिक विचार भन्दा माथि उठेर संस्थाको विषयमा काम गर्न सकियो भने त्यसको प्रभाव राम्रो हुन्छ । एनआरएनएको आफनै साख र गरिमा रहिआएको छ । विगतमा अग्रजहरुले यो संस्था जन्माई दिएका कारण आज ८१ मुलुकबाट एकैठाउँमा जम्मा भएर अन्तरक्रिया गर्न पाएका छौं । अत नेतृत्वले सोही कुरालाई मनन गर्दै आगामी दिनमा सबैको साझा संस्थाको रुपमा विकास गर्दै अगाडि बढ्न जरुरी छ ।

सालिकराम खनाल, आयरल्याण्ड
वैदेशिक रोजगारीका सिलसिलामा विदेशिएका नेपालीहरुको साझा संस्था एनआरएनएको आगामी नेतृत्वले सबैको मनमा बस्नेगरी काम गर्न सक्नुपर्छ । अस्वस्थ प्रतिष्पर्धा र प्रतिशोध भन्दा माथि उठेर साझा मुद्दामा केन्द्रित भएर सबैको विश्वास जित्ने काममा लाग्नुपर्छ । नेपालको आगामी लक्ष्य समृद्घ नेपाल र सुखी नेपाली भन्ने नरालाई सफल बनाउन सघाउनुपर्छ । आफनो जन्मभूमिमा केही गरौं भन्ने सबैलाई लाग्नु स्वभाविक हो । त्यसका लागि यहाँ लगानीयोग्य वातावरण निर्माण गर्नेतर्फ सरकारलाई दबाब दिनेदेखि एनआरएनएहरुका लागि दोहोरो नागरिकताका विषयमा पनि केही काम गर्न सक्नुपर्छ अबको नेतृत्वले । एक पटकको नेपाली सधैको नेपाली हो । आफु जन्मेको ठाउँ कसले विर्सन सक्छ । आफु जन्मेको ठाउँमा केही गरौं भन्ने भावनालाई कदर गर्दै नेतृत्वले सरकारसँग आवश्यक छलफल गरेर तत्काल नै केही काम गरेर देखाउन सक्नुपर्छ ।
कल्पना लुईटेल, इजरायल
नेपालमा एनआरएनएले धेरै राम्रा र उदाहरणीय काम गरेको छ । अबका दिनमा पनि यस्तै कामलाई निरन्तरता दिनेतर्फ नवनिर्वाचित नेतृत्वको ध्यान जानुपर्छ ।  विकास र सामाजिक क्षेत्रमा जति धेरै काम गर्न सकियो त्यति नै जनताको मनमा वस्न सकिन्छ । पछिल्लो समय नेपालबाट इजरायलमा रोजगारीका लागि जाने क्रम रोकिएको छ । त्यसमा पनि अबको नेतृत्वको ध्यान जानुपर्छ । विकास र सामाजिक क्षेत्रमा जति धेरै काम गर्न सकियो त्यति नै जनताको मनमा वस्न सकिन्छ । पछिल्लो समय नेपालबाट इजरायलमा रोजगारीका लागि जाने क्रम रोकिएको छ । त्यसमा पनि अबको नेतृत्वको ध्यान जानुपर्छ । जसले नेपालको बेरोजगारी समस्यालाई न्यून गर्न सघाउँथ्यो । निर्वाचन अगाडिका गुट उपगुट र समूहलाई विर्सेर सामुहिक स्वार्थमा विश्वास गर्न पनि म नयाँ नेतृत्लाई आग्रह गर्नछु । जुन किसिमले एनआरएनए स्थापनाको उद्देश्य र लक्ष्य थियो त्यसै बाटोमा अगाडि बढ्न सकेमात्रै सबैको कल्याण हुनेछ ।

SHARE THIS