एक पटकको असफलतामै हार मान्नु मूर्खता हो

जिवनारायण बेल्बासे, एनआरएनए अभियान्ता
‘दियर इज नो सब्ष्टीट्यूट फर हार्डवर्क’ (कडा परिश्रमको कुनै विकल्प छैन), प्रसिद्ध वैज्ञानिक थोमस एल्बा एडिशनको कामप्रतिको धारणा हो यो । आखिर मेहनत गर्नेहरूका लागि काम नै सबैथोक हो । काम गर्नेहरू नाम खोज्दैनन् । बरु काम नै उनीहरूको परिचय बनेको हुन्छ । कामलाई आफ्नो परिचय बताउने एउटा नाम हो, अजिवनारायण बेल्बासे । व्यापारी परिवारमा जन्मिएका बेल्बासे पुख्र्यौली पेशा छाडेर प्रहरीको जागीरमा प्रवेश गरे तर पनि विशेष परिचय बनाउन बनाउन भने अर्कै क्षेत्रमा पुगे ।
एनआरएनए युकेका प्रवक्ता समेत भइसकेका बेल्बासेले फरक परिवेश र जिम्मेवारीमा अहिलेसम्म आधा दर्जनभन्दा बढी क्षेत्रमा कामको अनुभव सँगालेका छन् । ‘परिवेश जस्तोसुकै होस’ उनी भन्छन, ‘म कामको जिम्मेवारीलाई सधैं उच्च महत्व दिन्छु ।’ विद्यार्थीकालदेखि नै अलिक हक्की स्वभावका जिव आफ्नो निर्णयलाई नै प्रायः अन्तिम निर्णयको रूपमा लिने गर्दथे । सल्लाह–सुझाव लिए पनि निर्णय भने आफै गर्ने उनको बानी छ । आफ्नो यो स्वभाव अझै पनि उस्तै रहेको बताउँछन् उनी । जुन–जुन क्षेत्रमा उनले काम गरे, त्यहाँ उनी आफ्नै निर्णय अनुसार नै अघि बढ्ने प्रयास गर्थे । जहाँनिर उनलाई निर्णयमा बन्देज भएजस्तो लाग्थ्यो, त्यसअघि नै उनी आफ्नो कामलाई त्यत्तिकैमा पूर्णविराम लगाउँथे । निर्भीक स्वभावका व्यक्ति बेल्बासेले आफु र आफ्नो संस्थाको हितका लागि निर्णय लिँदा वास्तविकतालाई बुझ्ने बानी छ । आफ्नो रुचि र आत्मसन्तुष्टिसँग उनी सकेसम्म सम्झौता गर्दैनन् ।
‘रोम एकै दिनमा बनेको थिएन’ भन्ने चर्चित फ्रेञ्च भनाइ संसारभर प्रसिद्ध छ । यो भनाइ ‘सही’ वा ‘गलत’ भन्ने विषयमा आज पनि जमेर चर्चा हुने गर्छ । प्रसङ्गअनुसार यसको अर्थ फरक हुन सक्छ । तर, यसले बोकेको भाव भने स्पष्ट छ– उत्कृष्टताका लागि समय अवश्य लाग्छ । जिवको जीवन पनि यो भावसँग धेरै नजिक देखिन्छ । जिवको यात्रालाई बुझेपछि ठोकुवा गर्न सकिन्छ– एउटा सफल व्यक्ति बन्न त एक दिन पर्याप्त छैन भने रोमजस्तो संस्कारयुक्त, पुरातात्विक महत्वको शहर एक दिनमा बनेको हुँदै होइन । जहाँ मन बस्दैन त्यहाँ काम गर्नुको अर्थ छैन । नेतृत्व लिने, कुनै काममा निरन्तर लागि पर्ने जिव बेल्बासेको सानैदेखिको स्वभाव हो । अर्घाखाँचीको खिल्जी हटियामा जन्मिएका उनको विद्यालय शिक्षाको यात्राले धेरै ठाउँको अनुभव पाएको छ । उनलाई पुख्र्याैली पेशा व्यापार÷व्यवसायले कहिल्यै आकर्षित गर्न सकेन । बाबुबाजेको पदचापलाई चटक्क छोडेर उनी अहिले एउटा छुट्टै मार्गमा आफुलाई हिंडाए । उच्च शिक्षाका लागि राजधानीमा आएका जिवलाई नेपाली ब्रिटीस सेनामा रूचि बढ्दै थियो तर उनले भनेको जस्तो माहौल त्यहाँ मिलेन अनि समयको परिवर्तनसँगै मोडिए नेपाल प्रहरीमा । नेपाल प्रहरीमा पनि फिट हुन नसकेका बेल्बासे फेरि मोडिए बेलायततर्फ । समय पििरस्थिति अनुसार निजी क्षेत्र त्यसमा पनि एनआरएनएको अगुवा बनेका जिव एनआरएनए युकेको स्थापनाकालदेखि नै सक्रिय छन् । जिवका अनुसार आफ्नो कम्पनी, व्यवसाय र उत्पादनप्रति सुरुमा आफूलाई लगाव हुनु जरुरी हुन्छ । आफ्नो उत्पादनलाई आफुले राम्रो नदेखेसम्म अरुले मन पराउँछ भनेर सोच्नु उपयुक्त हुँदैन । आफ्नो उत्पादन तथा सेवा राम्रो छ र उपभोक्तामाझ यसले लोकप्रियता कमाएरै छोड्छ भन्ने किसिमको सकारात्मक सोचाई लिएर अघि बढ्नु अत्यावश्यक हुन्छ । अरुको भलो चाहने मानिसहरु मात्रै सफल हुन सक्छन् भन्ने उनको बुझाई छ । पेशा वा व्यापार÷व्यवसायमा एक पटकको असफलतामा हार मान्नु भनेको सबैभन्दा ठूलो मूर्खता हो । आफ्नो जीत या हारभन्दा पनि उपभोक्ताले तपाइको उत्पादन कति मन पराए, यसका ध्यान दिन उनी आग्रह गर्छन ।
सुरुमा कुनै पनि व्यवसाय कसरी गरिनुपर्छ भन्ने कुराको सामान्य जानकारी भइसकेपछि त्यसलाई कसरी व्यवहारमा ल्याउने भन्ने कुराको मनन गर्नुपर्दछ । साना व्यवसायका लागि के पृथकता ल्याउन सकिन्छ, उपभोक्तासँग सम्पर्क कसरी बढाउन सकिन्छ लगायतका कुरामा पहिले नै विचार गर्नुपर्छ । आफूले प्रदान गर्न चाहेको वस्तु तथा सेवाको खाँचो र महत्व कस्ता उपभोक्तालाई हुन सक्छ भन्ने कुराको जानकारी राख्नुपर्दछ । व्यवसाय गर्नु भनेको खरिद बिक्रीको प्रक्रिया मात्र नभएर  उपभोक्तासँगको सम्बन्धलाई कायम राख्नु तथा विस्तार गर्नु पनि हो । आफ्नो उत्पादन मन पराउने उपभोक्ता तपाइका लागि सबैभन्दा महत्वपूर्ण हो भन्ने भावनाका साथ काम गर्नु एकदमै जरुरी हुने टिप्स दिन्छन जिव ।
कुनै पनि उत्पादनलाई कस्तो बनाउँदा उपयुक्त हुन्छ भन्ने कुरा त्यसको प्रयोगकर्तालाई सबैभन्दा बढी थाहा हुन्छ । तपाइको व्यवसायमा पनि यही कुरा लागु हुन्छ । त्यसैले, आफुले उपलब्ध गराइरहेको सेवा तथा वस्तु कतिको उपयोगी तथा प्रभावकारी छ, यसका कमजोरीहरु के के छन् र के के सुधार गर्दा उपयुक्त हुन्छ भन्ने कुराको निक्र्यौल प्रयोगकर्ताकै प्रतिक्रिया अनुसार गर्दा राम्रो हुन्छ । यसले उपभोक्ताहरुमा विश्वसनियता बढाउनमा समेत मद्दत पु¥याउँछ । आफ्नो गल्तीहरुबाट पाठ सिकेर अघि बढ्यो भने कुनै पनि व्यवसायमा सफलता पाउन सकिने उनी बताउँछन् ।
कहिलेकाहीँ आफ्नो इच्छा परित्याग गर्दा पनि मान्छेको जीवनमा त्यसको परिणाम अकल्पनीय नै हुँदोरहेछ । त्यस्तो परिणाम जसले व्यक्तित्वमा थप उचाइ थप्छ अनि जीवनको यात्रालाई थप रोचक र नतिजामुखी बनाउँछ । जिव एउटा यस्तै रोमाञ्चक जीवनको नाम हो, जसले नसोचेको यात्रामा अहिले सफलताको सौन्दर्य उपभोग गरिरहेका छन् । यस्तो रोमाञ्चकताको उदाहरण दिने एउटा प्रसङ्ग छ  उनको जीवनमा । नेपाल प्रहरीमै एसपी र एसएसपी बन्ने प्रगाढ इच्छा थियो । यो इच्छा पूरा गर्न उनले प्रहरी सहायक निरीक्षकबाट अपग्रेड गर्दै लगेका पनि थिए तर जागिरकै क्रममा उनलाई यो  क्षेत्रप्रति त्यति चाख जागेन । विस्तारै वितृष्णा मात्रै होइन घृणा नै जाग्यो । त्यो प्रहरी संगठनसँग होइन, त्यसभित्रका पात्र र प्रवृतिसँग । हुन त उनलाई प्रहरी बनाउने परिवारको पनि चाहना थिएन । तर, प्रहरीको जागिरलाई निरन्तरता दिने जाँगरै नचलेपछि उनी एकाएक जागिर छाडेर बेलायततिर मोडिएका हुन । यही निर्णय हो, उनी आज जुन जिम्मेवारी सम्हालेर काम गरिरहेका छन् अनि रोमाञ्चकताको  विशाल क्षेत्रमा रमाइरहेका छन् । ‘अहिले हेर्दा त्यो निर्णय नै मेरो जिम्मेवारीको प्रमुख आधार लागिरहेछ,’ उनी सम्झन्छन् । अहिले पनि आफ्नो जीवनचर्या नियाल्दा जिवलाई जीवन अनुभव अनि अनिश्चितताको खुला पुस्तक लाग्छ रे । तर, काम गर्ने शैली भने सधैं निश्चिततामै अडेको उनी बताउँछन् । अनिश्चित जीवन अनि काम गर्ने निश्चित परिपाटीले आफुलाई नतिजामा आशावादी  बनाएको उनको भनाइ छ । काम गर्ने यो परम्परालाई उनी आफ्नो पारिवारिक वातावरणको योगदान सम्झन्छन् । हुन पनि उनको परिवार त्यतिबेला निकै सहयोगी र अनुशासित भनेर चिनिन्थ्यो । उनीसँग कामको पनि प्रस्ट परिभाषा छ, ‘काम धैर्य, एकरूपता र निश्चितताको सकारात्मक परिणाम हो ।’  अहिले पनि उनी यही परिभाषालाई पूर्ण कार्यान्वयनमा ल्याउने प्रयत्नमा छन् । उनी कम बोल्ने त होइनन् तर कसलाई के गर्नुपर्छ र कसले कस्तो व्यवहारको अपेक्षा गरेको मेसो पाउँदैनन । जिवको सबैभन्दा ठूलो विश्वास ‘कर्म’मा अडेको छ, त्यो पनि निरन्तरताको । जीवनमा निरन्तर कर्म गर्ने मान्यतामा उनी आफैसँग पनि सम्झौता गर्दैनन् । भन्छन्, ‘केही नयाँ गर्न मान्छेमा भोक हुनुपर्छ, त्यस्तो भोक जसले भविष्यमा पनि आजकै जस्तो उत्साह कायम राखोस् ।’ उनले यसो भन्दै गर्दा लाग्छ, उनी आफू नै आफ्ना एक मात्र प्रेरणाका स्रोत हुन् । हामीले सुनेका धेरै सफलताका कथामा पात्रको इतिहास प्रायः अत्यन्त संघर्षपूर्ण जीवनकालबाट माथि उठेको हुन्छ । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं बाल्यकालमै उनमा नयाँ काम सिक्ने चाहना जागृत भएको थियो । आफ्ना हरेक काममा उत्कृष्टताको प्रदर्शन गर्न उनी सानैदेखि प्रयासरत हुन्थे । ‘मेहनतसाथ कुनै काम योजनाबद्ध तरिकाले गरेमा एक दिन अवश्य सफल भइन्छ,’ उनी आफ्नो अनुभव सुनाउँछन् । उनमा रहेको यस्तै गुण तथा मान्यताका कारण उनी आजको अवस्थामा छन् । संघर्षको वास्तविक मापन सधैं आर्थिक अवस्थाबाट मात्र हुँदैन । नेपालजस्तो देशमा राम्रो पारिवारिक पृष्ठभूमिमा जन्मे हुर्केर पनि आफ्नो छुट्टै पहिचानका लागि एउटा व्यक्ति संघर्षलाई कर्म मानेर अघि बढ्दै आएको छ । त्यो कर्मलाई उनले प्रतिष्ठासँग जोडेका छन, त्यसैले त जिव नेपालको सरकारी क्षेत्रहुँदै निजी क्षेत्रसम्म एउटा सफल व्यक्तित्वमा परिणत भएका छन् । निरन्तर प्रयासबाट सफलता प्राप्त गर्न सकिन्छ भन्ने एक सफल उदाहरण बनेका जिवसँग गीता पौडेलले गरेको विशेष कुराकानी–
यहाँको बारेमा विस्तृत रूपमा बताइदिनुस न । जन्म, जन्मस्थान पढाई, बाल्यकाल, करिअर, संघर्षका दिनहुँँदै अहिलेको अवस्थामा कसरी आइपुग्नुभयो ?
म साविक अर्घाखाँची जिल्ला खिल्जी गाविस वडा नम्बर ४ मा बुबा खिमानन्द बेलबासे र आमा नर्मदा बेल्बासेको कोखबाट मेरो बुबाको जेठी पट्टिको कान्छो छोराको रुपमा जन्म लिएको थिए ।
मेरो बाल्यकाल गाउँमै बित्यो भने प्राथमिक शिक्षा श्री शान्ति प्राथमिक विद्यालय, कक्षा ९ सम्म श्री जनप्रिय माध्यमिक विद्यालय असुरकोट, एस.एल.सी. श्री जनज्योति मावि चुत्राबेसी र कलेज लेबल पाटन संयुक्त क्याम्पसबाट पुरा गरेको थिए भने बाँकी पढाइ प्राइभेटबाट गरेको थिए ।
मेरा अरु दाजुभाइ तथा दिदीबहिनीहरु भन्दा मेरो नेचर अलि फरक भएकोले मेरा साना तिना बदमासीहरुलाई मेरो बुबा र ठुलो दाजु गोपाल बेलबासेले नजरअन्दाज गर्ने गर्नु भएको कुरा पछि बेलायत आएपछि बुबा–आमा भिजिटमा आएको बेला बुबामार्फत थाहा पाएँ । नजरअदाजको कारण मेरो हिम्मत र प्रतिभामा ¥हास नआओस भन्ने रहेछ ।
बाल्यकालदेखि दिदीहरु, आमा, ठूलो दाजु, ठूली भाउजु र बुबासँग छुट्टाछुट्टै रुपमा आवश्यक पकेट मनी माग्ने गर्दा पैसाको खासै कमि भएन र पनि स्रोतको खोजि भइनै रहन्थ्यो । म कक्षा ८ मा पढ्दै थिएँ होला साथीहरुको साथ ब्रिटिश लाहुरे बन्न जाने निधो गरि हिँडियो, म हरेक परीक्षामा पास भएँ र अन्तिम मेडिकल टेस्टको लागि पोखरा जानुपर्ने भयो । यो सबै कुरा घरमा कसैलाइ पनि थाहा थिएन र अहिलेसम्म पनि बुबा बाहेक कसैलाई थाहा छैन । हाम्रो परिवारमा बुबा दाई भनेपछि अत्यन्तै श्रदा एवं डर लाग्दथ्यो, बल्लबल्ल हिम्मत जुटाएर बुबासँग पोखरा जाने कुरा बताएकोमा बुबाले राम्रोसँग सम्झाउँदै पहिला पढाइ सकेपछि जहाँ गए पनि कुनै आपत्ति नहुने तर लाहुरे हुने कुरा गलत हो भने पछि सो कुरा त्यहीं सकियो । पछि आइ ए पास गरेपछि नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा भर्ना खुलेको रहेछ र त्यसमा जाँच दिएको पास भए ।
आधारभूत तालिम पश्चात आउटडोर र इन्डोर दुबैतर्फ राम्रो गरेको कारण मेरो पोस्टिङ तालिम केन्द्र बुटवलमा भयो । यसक्रममा नेपाल प्रहरीलाई चाहिने सबै किसिमका उन्नत तालिम गरे र हरेक तालिममा अलराउण्ड फष्ट भएको थिए । प्रहरी जीवनमा मेरो धेरै जसो समय तलिम केन्द्रमै बित्यो । पछि प्रहरी नायब निरीक्षक पदमा बढुवा भएपछि प्रहरीको बाहिरी दुनियाँ देख्ने मौका पाए तर बाहिर आएपछि थाहा भयो यथार्थ । म अहिले पनि भन्न सक्छु नेपाल प्रहरीमा अत्यन्तै इमान्दार प्रहरी छन् जसले सधै नै देश र जनतामै केन्द्रित भइ काम गर्छन तर बिडम्बना केहि पतित अफिसर र जवानका कारण इमान्दारहरु सधै छायाँमा पर्ने गर्छन ।
जब म तलिम केन्द्रबाट बाहिर आएँ त्यतिबेला माओवादी जनयुद्ध उत्कर्समा थियो, सबै साथी भाइ, इस्टमित्र र परिवारबाट जागिर छोड्नको लागि दबाब आइरहेको थियो भने देशमा संकटको बेला कुनै हालतमा जागिर नछोड्ने अठोट मेरो थियो ।
यस्तैमा तत्कालिन डीआइजी रविकान्त अर्याल क्षेप्रका पोखरा र  एसएसपी शेरबहादुर शाह अप्रका पोखरामा पोस्टिङ भएको बेला असंख्य रुपमा घटित चोरी र डकैतिको रोकथाम तथा अनुसन्धानको लागि मलाइ डाँडाको नाक चौकीमा काज खटाइयो । पोस्टिङ भएको केहि दिनमै गुण्डागर्दी, चोरी कन्ट्रोल गर्नुको साथै निरन्तर रुपमा चोरी तथा डकैति गर्ने गिरोहलाई पक्राउ गर्न सफल भइयो ।
यस्तैमा जिप्रकामा सबै अफिसरहरुको बैठक एसपीको अध्यक्षतामा बसेको थियो, यसै अवसरमा एसपीले बेलबासेले बेगनासको माछा पठाएन भन्ने किसिमको गुनासो सबैका सामुन्ने गरेको देख्दा खप्न नसकी केहि भनाभन पनि भयो र म १० दिनको विदा छोडी चौकीमा आएँ र जसरी सरुवा भएर जाँदा बुझबुझारथ हुन्छ त्यसरी नै असईलाइ बुझाएर मनकामनाको दर्शन गर्दै काठमाडांै आए । १० दिनपछि फेरि एक महिनाको विदाको लागि लेखि पठाएको गरेको स्वीकृत भएनछ र पनि म अफिस नगई बेलायतको लागि प्रोसेस गरी बेलायत आए । पोखराको एसपीसँगको बैठक र भनाभन नै मेरो बेलायत आउने टर्निङ प्वाइन्ट भयो ।
बेलायत आएपछि एउटा सेक्युरिटी कम्पनीमा काम पाए तर त्यो आउटडोरमा रहेछ, एक दुई दिन मुश्किलले कटाए पश्चात छुट्टै निधो गरेर कम्प्युटर, विभिन्न किसिमका तालिमलगायत पढाइमा केन्द्रित भए । यस दौरानमा सरि हस्पिटल गिल्फोर्ड, समरफिल्ड सुपर स्टोरलगायत एडनब्रुक्स हस्पिटल क्याम्ब्रिजमा सुपरभाइजर भइ काम गरेको थिए । यस्तैमा कम्प्युटर, सोसियल रेस्पोन्सविलिटी, हेल्थ एण्ड सेफ्टी म्यानेजमेण्ट, स्पेशल सेक्युरिटी, फायर एण्ड सेफ्टी म्यानेजमेण्ट, लिडरसीप म्यानेजमेण्ट, कस्टमर सर्भिस म्यानेजमेण्ट, परसनल लाइन्सेन्स, फष्टएडलगायत सबै किसिमका कोर्स सकेपछि अहिलेको कम्पनीमा असिस्टेन्ट मेनेजरको रुपमा सुरु गरि हाल जनरल मेनेजरको रुपमा कार्यरत छु ।
यहाँको करिअर कुन क्षेत्रबाट शुरू भएको हो ? के के संस्थामा आबद्घ हुनुहुन्छ ? सामाजिक काम पनि उल्लेख गरिदिनुहोला ?
मेरो करिअर त नेपाल प्रहरीबाट नै सुरु भयो र अहिलेसम्म म जे छु त्यो श्रेय नेपाल प्रहरी, मेरा बुबा आमा, दाइ भाउजु र दिदीहरुमा जान्छ । अहिले बेलायतमा पनि यहाँको स्थानीय सरकार र प्रहरी प्रशासनसँग गहिरो सम्बन्ध छ । हाल म एनआरएनए यु के सल्लाहाकार, ग्रेटर रश्मककर नेपाली कम्युनिटीको अध्यक्ष, शिव कल्चर एण्ड कम्युनिटी सेन्टरको फाउण्डर ट्रस्टी,  अर्घाखाँची समाज यु के को फाउन्डर सल्लाहकार र एक्स नेपाल पुलिस फेमिली फोरमको सदस्य छु ।
मेरा कामहरुमा एनआरएनए यु केका विवादहरुको निराकरण गरी सबैलाई एक ठाउँमा ल्याउने कुरामा सधै नै मुख्य भूमिका रह्यो भने एनआरएनए यू के ल्याउने नेपाल वा यू के सम्बद्ध प्रोजेक्टहरुमा सधै प्रत्यक्ष भूमिका रह्यो ।
हाल म रहेको एरिया अल्डरसट अनि फानबरोमा मात्र करिब ३० हजार नेपालीहरुको बसोबास रहेको छ भने आफ्ना संस्कारको अभ्यासको लागि मन्दिरको आवश्यकतालाइ मध्यनजर राखी शिव कल्चर एण्ड कम्युनिटी सेन्टरको च्यारिटी डिनर (फण्ड रेइजिङ) प्रोग्रामको लिड गरि एकै पटक त्यस समयको ८० लाख नेपाली रुपियाँ सङकलन गर्न सफल भएको थियो भने सन् २००७ देखि हालसम्म निरन्तर रुपमा मन्दिर सञ्चालन लगायत हरेक चाडपर्वको मौलिकतालाइ कायम राख्दै नयाँ पुस्तालाई त्यसमा जोड्ने काम गरिएको छ ।
मन्दिर निर्माणको लागि करिब चार करोड ५० लाखको भवन अफर भइसकेको र प्लानिङ पर्मिसनको जिम्मा समेत मेरो अग्रतामा रहेको छ । मुख्यतया यो क्षेत्रमा नेपालीहरुको चाप बढी तर रहन सहन छुट्टै भएका कारण आउने सबै खाले अफ्ठाराहरुलाई चिर्न ग्रेटर रश्मककर नेपाली कम्युनिटीको भूमिका मुख्य रहेको छ । यस संस्थामार्फत भु पु गोर्खा र उनका परिवारहरुलाई अंग्रेजी कक्षा, योगा कलास, इन्फोर्मेशन डे, डान्स कलास सञ्चालनका अतिरिक्त साना नानीहरुलाई नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको छ ।
यहाँको स्थानीय सरकार, प्रहरी र प्रशासनको प्वाइन्ट अफ कन्ट्याक्ट ग्रेटर रश्मककर नेपाली कम्युनिटी नै हो, यसको बैठकमा स्थानिय सरकारको क्याबिनेट लिडर, ओपोजिसन लिडर, पुलिस चिफ लगायतको अनिवार्य उपस्थिति रहने व्यवस्था मैले नै सुरु गरे । अब नेपाली भाषा यहाँका स्कुल र कलेजमा ऐच्छिक विषयको रुपमा सुरु गराउन र नेपाली कम्युनिटी बिल्डिङ निर्माणको लागि छुट्टाछुट्टै टास्क फोर्स समेत गठन भइसकेको छ ।
एनआरएनएमा के के भूमिकामा रहनुभयो । आवद्घ भएको समय कति भयो ?
एनआरएनएमा म स्थापनाकाल सन् २००३ देखि नै आबद्ध छु । एनआरएनए यु केको प्रवक्ता भएपछि सधै बिग्रिएकोलाइ सपार्न मै व्यस्त छु । एनआरएनए आइसीसीका विभिन्न परोपकारी टास्क फोर्सलगायत नेपाली नागरिकताको निरन्तरता सम्बन्धि टास्क फोर्समा पनि काम गरिरहेको छु ।
पछिल्लो समयमा व्यापक बन्दै गएको एनआरएनएलाई मुलुकको विकासमा कसरी जोड्न सकिएला ?
विदेशमा बस्ने नेपालीहरुलाई नेपालको मायाले अत्यन्तै सताउँछ, यस्तोमा भावनात्मक हिसाबले पनि देश बनाउने सवालमा यहाँ केहि नराखेर सर्वस्व लुटाउन सबै तयार हुन्छन् । यस्तोमा नेपाल सरकार, राजनीतिक पार्टी, प्रशासन सबै तर्फबाट एनआरएनएलाई विश्वास गरी लगानी गर्न सहज वातावरण बनाइदिनुपर्छ र एनआरएनए नेतृत्व वर्गबाट पनि ग्रासरुट लेबलसम्म पहुँच पु¥याई सामुहिक लगानीलाई प्राथमिकता दिनुपर्छ ।
मुलुकलाई आर्थिक रूपमा समृद्घ बनाउनका लागि के के गर्नुपर्ला, तपाइको तर्फबाट मास्टर प्लान बताइदिनुस न ?
मुलकलाई आर्थिक रुपमा सम्पन्न गराउन कुनै मास्टर प्लान त छैन तर भष्टाचार रोक्न सके र राजनीतिक व्यक्तित्वमा इमानदारीता जागेमा असम्भव केहि पनि छैन ।
नेपालभन्दा गए गुज्रेका देशहरूले कायापलट गरिसके तर नेपालले किन उन्नति गर्न नसकेको होला ?
लामो समयको सशस्त्र द्वन्द्ध, राजनीतिक अस्थिरता, गुणात्मक जनशक्ति विदेश पलायन र त्यसलाई रोक्ने कुनै कार्यक्रम नहुनु, व्यापक भष्टाचार आदि नै कारक तत्व हुन् ।
आर्थिक विकासको दृष्टिले तपाईले देख्नुभएका समस्या के के हुन ?
राजनीतिक अस्थिरता, गुणात्मक जनशक्ति विदेश पलायन र त्यसलाई रोक्ने कुनै कार्यक्रम नहुनु, व्यापक भष्टाचार, तोकिएको विकास बजेट समेत खर्च हुन नसक्नु र मुख्य त देश प्रतिको सद्भाव नहुनु, पार्टी भन्दा माथि उठेर देशको विषयमा सोच नहुनु नै हो ।
यदि तपाई निर्णायक ठाउँमा पुग्नुभयो भने के गर्नुहुन्छ मुलुकको विकासका लागि ?
हरेक क्षेत्रका कर्मचारीहरुको तलब अहिलेको अवस्थामा न्यूनतम आवश्यकता पुरा गर्न सक्ने गराई भष्टाचारमा जिरो टोलरेन्स मेरो पहिलो काम हुन्थ्यो ।
मुलुकको उद्योग, विकास÷निर्माण क्षेत्रलाई यहाँले कसरी हेरिरहनुभएको छ ?
जबसम्म राजनीतिक अस्थिरता कायम रहन्छ तबसम्म उद्योग विकाशको लागि वातावरण नै बन्दैन अन्यथा नेपालमा सम्भावना प्रचुर छन् ।
अहिले मुलुकमा युवाहरूको अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
निरीह शब्द भन्दा अरु केही नाम दिनुपर्छ र ।
तपाई कुनै पुरस्कारबाट पुरस्कृत या विभूसित हुनुभएको छ भने त्यसको विस्तृत रूपमा बताइदिनुस न ?
बेलायतमा सामाजिक सेवा गरे वापत कम्युनिटी रिकोगनाइजेसन अवार्डबाट सम्मानित, नेपाल प्रहरीमा राम्रो कम गरे वापत दर्जनौ पटक नगद पुरास्कर पाएको थिए ।
तपाई अहिले सम्वद्घ संस्था÷कम्पनीको बारेमा विस्तृत रूपमा बताइदिनुस ?
संस्था सम्बन्धमा माथि नै भनि सके, मैले काम गर्ने कम्पनीको नाम राभेन्दिभ लिमिटेड हो जसका पाँच वटा ब्रान्च छन् ।
तपाई पुगेका जिल्ला, देश कति छन ?
म युरोपका धेरैजसो देश घुमेको छु, नेपालका आधा भन्दा बढी जिल्लाहरुमा घुमेको छु ।
तपाईका भावी योजना के छन ?
छोराछोरीको पढाइ पुरा भएपछि नेपालमा आएर सेवा गर्ने योजना बनाएको छु ।
नेपालमा केही छैन भनेर तुच्छ कामका लागि विदेशिने युवाहरूलाई के सल्लाह दिनुहुन्छ ?
विदेशमा जसरी कडा परिश्रम गर्ने गरिन्छ सो मेहेनत नेपालमा गर्न सके सुन फलाउन सकिन्छ ।
नेपालमै केही गर्ने इच्छाशक्ति बोकेकाहरूलाई के के सफलताका टिप्स दिनुहुन्छ ?
जीवनमा अनुशासन यस्तो चिज हो जुन कुरा हरेक पलमा लागु हुन्छ, चाहे खाँदा, हिँड्दा, सुत्दा जे कुरा गर्न लागेको हो त्यसप्रति विश्वस्त हुँदै लगनशीलताका साथ अनुशासित भइ गरेमा सफलता नै सफलता प्राप्त हुन्छ ।

SHARE THIS