कानुन संरचना परिवर्तन गर्न धितोपत्र ऐन अहिले संसदमा छ

डा. युवराज खतिवडा
स्टक एक्सचेञ्जको वार्षिक उत्सव मनाई रहँदा हाम्रो पूँजी बजारमा संस्थागत संरचनाहरू सबै परिवर्तन भए भनेर हेर्नु पनि राम्रो हुन्छ होला । पहिले–पहिले मान्छेहरू भन्ने गर्थे शेयरमा पैसा हालेको तीनमहिनासम्म अपटेड भएन, अर्को ६ महिनासम्म पैसा फिर्ता भएन, अर्को पैसा हालौँ भनेको पैसा छैन ।पुरानो पैसा ब्लक भएको छ । कामचलाउ भएपनि एक वर्षसम्म कुर्नुपर्ने हुन्थ्यो ।
शेयर किनौँ भनेको ब्रोकर कार्यालयमा नगई नहुने भयो । ट्राफिकजाम, सञ्चार र सूचनाको अभाव, भैगो दुख नगरौ भन्ने दिन पनि थिए । शेयरमा लगानी गरौँ भन्यो शेयरको सुरक्षा छैन । शेयरका कागजपत्रहरू ९प्रमाणपत्र० जम्मा गर्यो, राख्ने ठाउँपनि छैन, मुसाले काट्छ, कुनै शेयरको भ्यालु बढ्दै जान्थ्यो, कुनै शेयरको भ्यालू शून्यमा पनि झर्थ्यो ।
त्यस्तो अवस्थाबाट आज हामील एउटा गतिशील उदयमान पूँजीबजारको संरचना अन्तर्गत नेपाल स्टक एक्सचेञ्ज पाएकाछौं । यसले २७औं वर्ष मनाईहेको छ ।
अब यो वयस्क भयो वा बुढो हुँदैछ भन्ने कुरा यसको क्रियाकलाप हेरेर अनुमान गर्ने हो । यो बुढो हुने बेला भएको छैन । बुढो नभईकन फेरि अर्को पुस्ताहरू पाउँदा पनि पाइँदैन् । त्यसो हुँदा अहिलेको शेयरबजार तपाईहरूको जिम्मामा हो । तपाईहरूको विकल्प हामीले खोजेको अवस्था अहिले छैन ।
के गर्ने त हामीले पूँजीबजारमा लामो समयमा भन्दा खेरि मलाई लाग्छ, म नेपाल राष्ट्र बैंकको गभर्नर हुदाँ स्टक एक्सचेञ्जबाट शेयर झिक्ने व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५८ मै आइसकेको थियो । १० प्रतिशतभन्दा माथि शेयर नराख्ने भनेको अहिले बल्ल आएर १४ प्रतिशतमा झरेको छ । अर्को पटकको वार्षिक साधारण सभामा १० प्रतिशतमा आयो भन्न पाइन्छ होला । शुभकामना पनि छ ।
पूँजीको संरचनामा परिवर्तन भएअनुसार नै सञ्चालनमा पनि परिवर्तन हुन्छ । क्रमशःव्यवसायीहरू  र पूँजीबजारका जानकार व्यक्तिहरू यसको सञ्चालक हुँदै आउछँन् । त्यसकारणले पूँजीको संरचनाको परिवर्तनले नेप्सेलाई अझ गतिशील संस्थाको रूपमा अघि बढाउन सहयोग नै पुर्याउला । बिगत करिब दुई वर्ष यता हामीले धितोपत्रबजारमा गरेका सुधारहरूबारे तपाईहरूले नै चित्तबुझ्ने गरि भयो भन्ने हो ।
अब बाँकी रह्यो लाभांशकरको कुरा । कानुन संरचना परिवर्तन गर्न धितोपत्र ऐन अहिले संसदमा छ । आधा दर्जन भन्दाबढी नियमावली र कार्यविधिहरू पनि संशोधनको प्रकृयामा रहेका छन् । केही संशोधन भइसकेका पनि छन् । बैकल्पिक लगानी सम्बन्धित भेन्चर क्यापिटलहरू अथवा यस्तो कुराहरूको लागि पनि व्यवस्था गरिसकेको छ । धितोपत्र लगानीकर्ता सम्बन्धी विनियमावली आउँदै छ । नागरिक लगानीकोष सम्बन्धी नियमावली केहीदिनमै आउँदै छ । धितोपत्र विनियमावलीमा पनि हामीले छलफल गरि नै रहेका छौं । अब ऐन,नियमावली र कार्यविधिहरू कार्यान्वयन गर्दा अझ गतिशील ढंगले अगाडि बढाउन सहयोग पुग्छ भन्ने कुरा मलाई लाग्छ ।
अब बाँकी रह्यो सञ्चालनको कुरा, सञ्चालकका दुईवटापक्ष । एउटा अलिकति खड्केको विषय केहो भने, नियामक र सञ्चालकको बिचमा बेलाबेलामा खटपट परि नै रहन्छ। नियामकले नियमपालना गर्न खोज्दा र सञ्चालकले अलि आफ्नो अनुकूल सहजहुने गरी संस्था सञ्चालन गर्न खोज्दा हुन् । काम गर्दा सञ्चालकहरूले नियामकहरूलाई हामीलाई यहाँनिर अलि अप्ठ्यारो पर्यो भनेर भन्नुपर्छ ।
निर्देशन जारी भएपछि पालना चाहि गर्नैपर्छ । त्यसो हुदाँ कानुनमा समस्या छ,नियमनमा समस्या छ भने त्यसबारेमा छलफल गरौँ ।
निर्देशन जारी गर्न भन्दा पहिले नियामक निकायले धेरै पटक छलफल गरेर व्यवहारिक बनाउनु पर्छ । तर त्यसलाई जारी गरेपछि कार्यान्वयन भने गर्नुपर्छ । त्यसो गरियो भने पूँजीबजारले गलत कामलाई समाउने छ । पूँजीबजारले गलत संकेत पाउने भनेको एउटा गतिशीलबजारलाई बिगार्नु जस्तो हुन्छ । त्यो हामीले गर्न हुदैन् ।
अब अहिले मर्जरको कुरा चलिरहेको छ । आइपिओले तपाइलाई दालभात तरकारी खानदिने छ । राम्रोसँग लगानी गर्दा प्रतिफल पाउनुहुन्छ ।कहिले काँही मर्ज हुँदा एक वर्षसम्म पनि पैसा फिर्ता पाइँदैन भन्ने कुरा थियो । बैंक खाता रोक्काहुन्छ । तर तीन दिनमा पैसा राफसाप mभएर चाडो पैसा आउछ । जतिछिटो पैसा सर्कुलेट भयो, त्यति नै बजारमाथि जान्छ र राम्रो पनिहुन्छ ।
पैसा छिटो फुक्का गर्नका लागि नयाँ संरचना बनाएर जानुपर्ने हुन्छ । अब दुई दिनमा राफसाफगर्न नयाँ संरचना बनाउनु पर्ने छ । अझै रियल टाइम सेटलमेन्टमा लैजानुपर्छ । त्यसपछि झन् छिटोछिटो कारोबार गर्न सकिन्छ । छिटोछिटो कारोबार गरेपछि झन् छिटोछिटो नाफा पाइन्छ । त्यसकालागि तपाईहरूले समय पाउनुहुन्छ । तर कामचाहिँ चाडो गर्नुहोस् ।
विवेक पुर्याएर लगानीगर्नुहोस् । कहिले तरलता घट्ला कहिले तरलता बढ्ला र शेयर बजार बढ्ला भनेर रमितामात्रै हेर्ने र बालुवाटारतिर फर्केर गालीगर्ने चाहिँ नगर्नुुस् ।
कहिले बैंकमा तरलता आउदा हामीले कम ब्याजमा पैसा आउला भनेर कुरेर नबस्नुस जतिछिटो पैसा सर्कुलेट गर्यो शेयर बजार त्यति गतिशील हुने छ । छिटो छिटो शेयर कारोबार गर्दा आफ्नो विवेक चाहिँ नगुमाउनु होला ।
अब ब्रोकरका कुराहरू छन् । ब्रोकर बढाउनलाई बैंकलाई ब्रोकर लाईसेन्स दिने । अब यसलाई छलफल गरेर एउटा निष्कर्शमा पुग्छौं । हामीले संस्था बढाउने हो कि प्रणालीलाई विकास गर्ने हो, वा सूचनाप्रविधिको बढी प्रयोग गर्ने हो,वा अरू संस्थाहरू लाई प्रवेश गर्ने मौका दिने हो । हामी थप छलफल गरौला । अहिले यति एउटा कुरा गर्छु कि,लगानीकर्ताहरूलाई शेयरबजार बारेमा सूचित वा जानकारी गर्ने हो कि, यो काम नेप्से र धितोपत्रबोर्डको मात्र होईन, हामी वित्तीय बजारमा आवद्ध हुने सबैको हो । यसमा हामी सबैले कामगर्नुपर्छ भन्ने मलाई लाग्छ ।
अरू गर्नुपर्ने कुराहरूमा अघि डिभिडेन्ड ट्याक्स रिभ्यू गर्ने कुरा आयो, त्यो हामी बजेटमा समयमा छलफल गर्ने नै छौँ ।
सिडिएसिको क्षमताबढाउनु छ आगामी वजेटको बेला हामी यो कुरा गर्ने नै छौं । यसलाई भरपर्दो र विश्वासिलो बनाउनु छ । ऋणपत्रको बजारललाई विकसित गराउनु छ । बैंकरलाई धन्यवाद जसले लामो समयका लागि ऋणपत्र ल्याउनु भएको छ ।यसको सीमित कारोबारले बजारको विकास हुदैन । नयाँ निष्काशन बजारलाई पनि व्यवस्थित गराउनुपर्ने छ र अहिले नयाँ आएको कम्पनीले शेयर बजारमा दवाव हुन्छ कि भनेर नसोच्नु होला ।
नयाँकम्पनी आउदा नँया लगानीकर्ताहरू आउनु हुनेछ । नयाँ मार्केटको र्सिजनाहुन्छ । एउटा नयाँ कम्पनी आएर बजार घट्छ कि भन्ने कुराहरूमा कम्पनीको सबै पक्षले बजार माथि पुर्याउछ । कतिपय आईपिओ जारी गर्ने कुराहरूमा सुधारका प्रकृयाहरू अगाडि बढिरहेकोमा त्यसबाट हामीलाई लाग्छ बजार अझ गतिशील हुनेछ र अघि बढ्नेछ ।
यति धेरै कुरा भनि सके पछि यहाँ प्रस्तुत हुने सम्पूर्ण खेलाडीहरूलाई धन्यवाददिन्छु । कोही म्यराथनमाहुनुहुन्छ, कोही १०० मिटरको दौडमाहुनुहुन्छ, कोही १०००मिटरको दोडमा हुन्नु हुन्छ । सबै आफ्नो क्षमताको आधारमा दौडमा जाने हो ।
बजारमा दीर्घकालीन सोचको आवश्यकता चाहिन्छ । अलिकति स्टामिना चाहिन्छ । आफ्नो स्टामिना भनेको आफ्नो वजेट हो । आफ्नो वजेटबाट लगानी गर्नु भयो, रिटर्न गर्ने स्टामिना हुन्छ । मूल्य बढेको बेला खरिद बिक्री गर्नका लागि अवसर हुन्छ । यकदम छोटो १०० मिटरको रेसमा हुनुहुन्छ, अब कतै बाट सापटी लिएर बस्नु भएको छ, एकै छिनमा तिर्नु पर्ने हुन्छ । त्यसतर्फ सचेत रहनुपर्ने हुन्छ ।
अन्त्यमा शेयरबजार भनेको अर्थतन्त्रको एउटा मापक सूचक हो।  अर्थतन्त्रमा पनि मान्छेको शरिरको जस्तै तापक्रम मापन गर्नुपर्ने हुन्छ । धेरै तापक्रम भयो भने ज्वरो आउँछ। हामीले १०३ भन्दा माथि गएर पानी पट्टी लगाउन पनि चाहेका छैनौ, ९८ भन्दा तल आएर तापक्रम बढाउन पनि चाहेका छैनौ । बजार आफ्नो स्वभाभिक गतिमा चल्नुपर्नेहुन्छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल स्टक एक्सचेन्जको वार्षिकोत्सवमा दिनु भएको मन्तव्य

SHARE THIS