राष्ट्रिय वाणिज्य बैंकको मेरुदण्ड भनेकै साना तथा मझौला कर्जा हो

किरणकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
निजी क्षेत्रको तुलनामा सरकारी बैंकहरु सेवा र पर्फमेन्सको हिसाबले पडाडि हुन्छन् भन्ने आम बुझाइलाई तोड्दै पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले बैंकिङ क्षेत्रमै सबैभन्दा धेरै पाँच अर्ब ३२ करोड रुपियाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ६५ करोड रुपियाँ नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी मात्रै १० अर्ब २२ करोड रुपियाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी नौ अर्ब ११ करोड रुपियाँ थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी बैंक प्रतिष्पर्धामा जान सक्दैनन भन्ने आम बुझाइलाई तोड्दै नेपालका बैंकिङ क्षेत्रहरुमध्येकै अब्बल बनेर उदाहरण पेश गरेको बताउनुहुन्छ ।
नेपाल बैंकबाट अवकास पाएपछि विगत तीन वर्षदेखि राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत श्रेष्ठसँग रावा बैंकको पछिल्लो विवरण, नेपालको बैंकिङ व्यवसाय, सम्भावना, समस्यालगायतका विषयमा गरिएको कुराकानी–
बैंकले पछिल्लो समय सार्वजनिक गरेको वित्तीय विवरणको बारेमा बताइदिनुस न ?
राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ मा बैंकिङ क्षेत्रमै सबैभन्दा धेरै पाँच अर्ब ३२ करोड रुपियाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ६५ करोड रुपियाँ नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी मात्रै १० अर्ब २२ करोड रुपियाँ आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो आम्दानी नौ अर्ब ११ करोड रुपियाँ थियो ।
सर्वसारधाण तर्फको निक्षेप एक खर्ब ९० अर्ब रुपियाँ संकलन गरि एक खर्ब ४४ अर्ब रुपियाँ ऋण लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले एक खर्ब ६४ अर्ब रुपियाँ निक्षेप संकलन गरि एक खर्ब १७ अर्ब रुपियाँ ऋण लगानी गरेको थियो । पूँजीकोष अनुपात १३.२० प्रतिशत रहेको बैंकले खराब कर्जा ४.७५ प्रतिशतबाट ३.९० प्रतिशतमा झारिएको छ । आधार ब्याजदर थप ६.२० प्रतिशतबाट ५.५० प्रतिशतमा झारेका छौं ।
केन्द्रिय बैंकको निर्देशन अनुसार स्प्रेददर झार्न खोजे पनि अझै राष्ट्र बैंकले दिएको सिलिङ भन्दा थोरै मात्रै माथि रहेको बैंकले स्प्रेडदरलाई पनि ४.९५ प्रतिशतबाट ४.४६ प्रतिशतमा झारेको छ । यस्तै बैंकको चुक्ता पूँजी ९ अर्ब रुपियाँ छ भने जगेडा कोषमा १३ अर्ब ७३ करोड रुपियाँ जम्मा गरेको छ ।
बैंकले अनुमानित एक अर्ब ७६ करोड कर प्रयोजनका लागि छुट्याएको छ । बैंकको प्रतिशेयर आम्दानी ५९.१७ प्रतिशत रहेको छ जुन अघिल्लो वर्षमा ४२.१९ प्रतिशत रहेको थियो । यस्तै कुल ऋण अनुपात ७२.७८ प्रतिशत रहेको छ जुन अघिल्लो वर्षमा ६७.९ प्रतिशत रहेको थियो ।
यसरी ऐतिहासिक तथ्याङ्क सार्वजनिक गरिरहँदा यहाँले कस्तो महसुस गर्नुभएको छ ?
हामीले प्रकाशित गरेको आर्थिक वर्ष २०७५÷७६ को वित्तीय विवरणमा राबा बैंकले आर्थिक वर्ष २०७५÷७६ मा बैंकिङ क्षेत्रमै सबैभन्दा धेरै पाँच अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जुन ऐतिहासिक बनेको छ । यो अहिले बैंकहरुमध्येकै ठूलो नाफा रकम हो । पक्कै पनि यो उपलब्धी हाम्रो लागि सुख र खुशीको कुरा पनि भएको छ ।
यो सफलताको पछाडि के के कारण होलान ?
यसको पछाडि तीन चारवटा कारण छन् । हामीसँग कर्जा प्रवाह गर्नको लागि डिपोजिटको अवस्स्था पर्याप्त थियो, जसको कारण वर्षभरी नै कर्जा प्रवाह गर्न सक्यौं । अर्थात डिपोजिटको अधिकतम उपयोग ग¥यौं । दोस्रोमा बजारमा कर्जा लगानीयोग्य रकम कम थियो । त्यस्तो बेलामा पनि हामीले कर्जाका साथै अन्तर बैंक लेण्डिङ, ट्रेजरी बील जस्ता कुरालाई पनि प्राथमिकता दिइरह्यौं । तेस्रो कुरा हाम्रो इफिसेन्सि पनि बढ्को छ ।
चौंथो कुरा हामीले हामीसँग भएको रिसोर्सेसलाई उच्चतम सदुपयोग ग¥यौं, व्यवसायलाई विस्तार ग¥यौं र अनावश्यक खर्चलाई नियन्त्रण ग¥यौं । पाँचौं कुरामा हाम्रो खराब कर्जालाई पनि उठायौं । यिनीहरुकै समष्टिगत नतिजा नै अहिलेको उपलब्धी हो ।
बैंकको यो उपलब्धीका लागि कुन चाहीँ पोर्टफोलियोको भूमिका बढि रह्यो ?
पोर्टफोलियोकै कुरा गर्नुहुन्छ भने रावा बैंकको मेरुदण्ड भनेकै एसएमई अर्थात साना तथा मझौला कर्जा हो । हाम्रो कुल कर्जाको ५५ प्रतिशत हिस्सा यो क्षेत्रले समेटेको छ । दोस्रोमा औद्योगिक र पूर्वाधार आउँछ । व्यवसायिक क्षेत्रको कर्जा नै हाम्रो मुख्य प्राथमिकता हो । केन्द्रिय बैंकले तोकेको प्राथमिकता प्राप्त क्षेत्र कर्जामा पनि प्राथमिकताका साथ लागिरहेका छौं ।
झन्झटिलो छ, रेट अफ रिटर्नमा समस्या छ भन्ने निजी बैंकहरुको भनाई छ, तर रावा बैंकले मुख्य पोर्टफोलियो नै यसलाई बनाएछ नि ?
एसएमई लेण्डिङ सुरक्षित, सबैभन्दा बलियो र दिगो रुपमा हामीले लिएका छौं । अरु खालको लेण्डिङमा धेरै खालको जोखिम र उतारचढाव छन् । तर यो चाहीँ एकदमै दिगो तरिकाले जाने भएकाले यसका जोखिम पनि बाँडिन्छन् । त्यसकारण मलाई लाग्छ साना तथा मझौला कर्जा नै सुरक्षित लाग्छ र हामीले यसमै जोड दिने गरेका छौं । अब अरु प्राथमिकता प्राप्त क्षेत्र कर्जामा दुई वटा कर्जा छन् । एउटा विपन्न कर्जा छ र अर्को सहुलियतपूर्ण कर्जा जुन विना धितो दिइन्छ । जोसँग पूँजी छैन तर सीप, जाँगर, श्रम छ त्यस्तालाई सघाउने सरकारको उद्देश्यमा हामी पनि सहमत छौं र लागिरहेका पनि छौं ।
बिहीबार बैंकको विशेष साधारणसभा सम्पन्न गर्नुभयो, यो केका लागि थियो ?
बैंकले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न छुट्टै सहायक कम्पनी स्थापना गर्न लागेको छ । यसका लागि हाम्रो प्रबन्धपत्र र नियमाबलीमा व्यवस्था थिएन । हाम्रो साधारणसभा आउन केही महिना लाग्ने भएकाले तत्कालका लागि विशेष साधारणसभा आयोजना गरी बैंकले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धीमा विशेष प्रस्तावलाई पारित गरेका हौं ।
तीन वर्षदेखि बैंकको वित्तीय विवरणलाई कसरी विश्लेषण गर्नुहुन्छ ? 
हिजोका दिनका कर्जा अनुपात ५८ प्रतिशत थियो, अहिले हामीले त्यसलाई ८० प्रतिशत पु¥यायौं । त्यतिबेला ८४ अर्ब भएको कर्जालाई अहिले १४४ अर्ब पु¥याएका छौं । त्यो बेला दुई अर्ब ५० करोड रहेको नाफालाई पाँच अर्ब ३२ करोड पु¥याएका छौं । त्यस्तै निक्षेप पनि एक खर्ब २० अर्ब रहेकोमा एक खर्ब ९० अर्ब पु¥यायौं । ६७ जिल्लामा रहेको बैंकको नेटवर्कलाई ७७ जिल्लामा पु¥यायौं । त्यो बेला १६५ वटा शाखा रहेकोमा २२३ वटा र त्यो बेलाका ८० वटा एटीएम दुई सय नयाँ थप्यौं । ग्राहक संख्या पनि निक्षेपमा चार लाख र कर्जातर्फ ३० हजार नयाँ थप्यौं ।
बैंकका आगामी योजना के के छन् ?
भर्खर हामी आर्थिक वर्ष २०७६÷७७ को शुरुवातमा छौं । भर्खरै हाम्रो बजेट तथा योजनाहरु पास गरेका छौं । हाम्रो गत वर्ष जुन लक्ष्य अनुरुप प्रगति भएको छ त्यसलाई आगामी दिनमा निरन्तरता दिन चाहन्छौं । चुनौतिलाई अवसरमा परिणत गर्दै अगाडि बढ्दै छौं । दोस्रोमा सरकारी संस्थालाई हेर्ने सवालमा भिन्दै खालका नकरात्मक दृष्टिकोण आउने गर्छन, सरकारी संस्थाहरु प्रतिस्पर्धा गर्न सक्दैनन्, यिनको सेवा स्तरीय हुँदैन, गुणस्तरीय हुँदैन, जनशक्ति स्मार्ट हुँदैन, कार्यालय पनि फोहर र भद्रगोल हुन्छ भन्ने जुन मानसिकता छ त्यसलाई चिर्नका लागि ‘क्लिन एण्ड स्मार्ट आबीबी विथ कन्सोलिटेशन’ भन्ने नाराका साथ अगाडि बढ्दै छौं । अब हामीले क्लिन आरबीबी, स्मार्ट आरबीबी जस्ता कुरालाई केन्द्रित गर्दै नियमनकारी निकायबाट आएका व्यवस्थालाई परिपालना गर्दै अगाडि बढ्ने योजना बनाएका छौं ।
बैंकले निजी क्षेत्रसँगको प्रतिष्पर्धामा जान के कस्तो तयारी गरिरहेको छ ?
पछिल्लो समयमा बैंकको जनशक्ति एकदमै नयाँ छ । हाम्रो कर्मचारीको उत्पादकत्व बृद्घि भएको छ । 
यो हाम्रो लागि एतिहासिक चरण हो । विकास गर्ने, अगाडि जाने ऐतिहासिक चरण पनि हो बैंकको लागि । पुरानो पिँढी लगभग सबै रिटायर्ड भए पाँच प्रतिशत मात्रै बाँकी छ । अब कमर्मचारीको उमेर औसर भनेको ३६ वर्ष रहेको छ । अहिले ६६१ जना कर्मचारीको लागि जाँच लिइसक्यौं लोकसेवाबाट जुन यही असोज कात्तिकमा आउँदैछन् । उनीहरु आइसकेपछि त्यो उमेर औषत घटेर ३४ वर्षमा आउँछ । वर्तमान समयमा प्रतिष्पर्धी जनशक्ति हामीसँग छ । म आएपछि मात्रै १२ मानिस भर्ना गरें भने १६ सय मानिस रिटायर्ड भए । उमेर र प्रविधिको हिसाबले दक्ष स्मार्ट जनशक्ति हामीसँग छ । जसबाट आगामी दिनमा बैंकको रुपान्तरण र प्रगति सम्भव छ भन्ने मलाई लागेको छ ।

SHARE THIS