काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा सार्वजनीक गरेको छ । महिला उद्यमीहरुलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरुमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैङ्कले उक्त कर्जा ल्याएको हो ।
योजनाले महिलाहरुलाई उद्यमी भई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने बैङ्कले जनाएको छ । महिलाहरुले नेतृत्व गरेको कृषि, उत्पादन, प्रसोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई विशेष प्रथमिकता दिइ कर्जा प्रदान गर्ने बैङ्कले जनाएको छ ।
कर्जा योजनाअन्तरगत आकर्षक सुविधाहरु सहित न्यूनतम् ब्याजदरमा महिला उद्यमीहरुलाई १० करोड रुपियाँसम्मको कर्जा प्रदान गर्नेछ ।
महिलाहरुको कम्तीमा ५० प्रतिशत स्वामित्वमा व्यवसाय सञ्चालन भएका व्यवसायहरु मात्र यस कर्जाका लागी योग्य हुनेछ भने कर्जा योजनाअन्तरगत ग्लोबल म उद्यमी कर्जा लिंदा बैङ्कले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ ।