बीमा र पुर्नबीमा सम्बन्धी जनचेतना जगाउन प्रभातफेरी

काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको ११ औँ वार्षिक उत्सवको अवसरमा बुधबार राजधानीमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

बुधबार बिहान ७ बजे भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी कार्यक्रम शहीदगेट, सुन्धारा, रत्नपार्क, पुरानो बसपार्कहुँदै पुन भृकुटीमण्डपमा आएर टुंगिएको थियो । प्रभातफेरीमा कम्पनीका कर्मचारी, विभिन्न बीमा कम्पनीका प्रतिनिधि, बीमाका सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले समग्र देशको अर्थतन्त्रमा बीमा र पुर्नबीमाको महत्व दर्शाउन तथा बीमा र पुर्नबीमा सम्बन्धी जनचेतना जगाउन प्रभातफेरीको आयोजना गरिएको बताउनुभयो ।

कम्पनीका अध्यक्ष देवराज ढुंगानाले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।


SHARE THIS