नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा

काठमाडौँ । नेपाल सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा नियुक्त हुनुभएको छ ।

नवनियुक्त सीईओ थापाले शुक्रबार कम्पनीमा आयोजित एक कार्यक्रमकाबीच नियुक्तिपत्र तथा सपथ लिँदै पदभर ग्रहण गर्नुभयो । सीईओ छनौट तथा सिफारिस समितिले आइतबार थापालाई कम्पनीको सीईओ पदमा आगामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो ।

गत जेठ ११ गतेको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्तामा बाँकी चार जना प्रतिष्पर्धीलाई पछि पार्दै थापा सीईओमा नियुक्त हुनुभएको हो ।

नेपाल पुनर्बीमा कम्पनीको उद्देश्य र लक्ष्यलाई अनुशरण गर्दै स्वदेशदेखि अन्तराष्ट्रिय बजारसम्म कम्पनीको व्यापार विस्तार गर्ने नवनियुक्त सीईओ थापाले बताउनुभयो ।

आफूले प्रस्तुत गरेको कार्ययोजनालाई गाइडलाइनका रुपमा लिएर कम्पनीलाई अगाडि बढाउने नवनियुक्त सीईओ थापाले बताउनुभयो । यसअघि थापा सरकारी स्वामित्वकै राष्ट्रिय बीमा संस्थानका पूर्व प्रशासक तथा अजोड इन्स्योरेन्सको डीसीईओ र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा महाप्रबन्धकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।


SHARE THIS