चुनौति र अवसरका बीचमा ग्रील तथा स्टीलजन्य व्यवसाय : ठुलोबाबु श्रेष्ठ

ललितपुर । ग्रील तथा स्टील व्यवसायी संघ ललितपुरको ११ औं साधारणसभा तथा बृहत वनभोज कार्यक्रम शनिबार ललितपुरको टुटेपानमिा सम्पनन भएको छ ।

साधारणसभा तथा बृहत वनभोज कार्यक्रममा प्रमुख अतिथीका रुपमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठले अर्थतन्त्र र व्यवसाय चुनौतिपूर्ण अवस्थामा रहेका बेला व्यवसायीहरुलाई संयमित भएर काम गर्न आग्रह गर्नुभयो ।

चुनौति र अवसरका बीचमा रहेको ग्रील तथा स्टीलजन्य व्यवसायलाई उद्योगको रुपमा विकास गर्दै माथि उठाउन ग्रील ग्रामको अवधारणमा जानैपर्नेमा उहाँले जोड दिनुभयो ।

आम ग्रील तथा स्टील व्यवसायीहरुको हक र हितको लागि महासंघको अध्यक्षको हैसियतमा कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता समेत उहाँले जाहेर गर्नुभयो ।

कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी संघ ललितपुरका सदस्यहरु, महासंघ केन्द्रिय समितिका पदाधिकारीहरु, जिल्ला समिति, क्षेत्रीय समिति, ईकाइ समितिका साथै उद्योग वाणिज्य महासंघ ललितपुर, विभिन्न संघ संस्थाबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

साधारणसभाले आर्र्थिक वर्ष २०७९।८० को महासचिवको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन तथा आर्थिक वर्ष २०८०।८१ को आयव्ययको अनुमानित विवरण पारित गरेको छ ।



SHARE THIS