युवा उद्यमीको १६ वर्षे कुरियर सेवा

काठमाडौं / युवा उद्यमी प्रकाश भटराईले १६ वर्षदेखि इन्टरेनशन कुरियर र कार्गो सेवालाई सफलतापूर्वक सञ्चालन गर्दै आएका छन् ।

सदैव आफ्ना कर्मचारी र ग्राहकलाई सन्तुष्ट  दिँदै आएका उनले विगत ३ वर्षदेखि आफ्नै लगानीमा हाइ टेक लजिस्टिक नामको कम्पनी पनि सञ्चालन गर्दै आएका छन् ।

उनी आफ्नो सेवाग्राहीसँग सधैं नजिक भएर काम गरेको र त्यसलाई अझ परिस्कृत सेवा सुविधा सहित निरन्तरता दिने बताउँछन् ।

कम्पनीले दशैं तिहार जस्ता ठुला चाड-पर्वमा मात्रै नभई सधैं एकनास उत्कृष्ठ, सहज र सस्तो सेवा प्रदान गरिरहेको उनले दाबी गरेका छन् । यस कम्पनिले आयात निर्यात सम्बन्धि सम्पूर्ण कामहरू गर्दै आइ रहेको उनले जानकारी दिए ।

उनी आफ्नो विज्ञतालाइ कमाउने पेशा भन्दा पनि सेवामुखी बनाउने बताउँछन्। सहि जानकारीको अभावमा धेरै सेवाग्राही ठगिइरहेको उनले उल्लेख गरेऽ यसलाई सुधार्न आफ्नो कम्पनी कहिल्यै पनि नचुक्ने उनी सुनाउँछन् ।

उनको कम्पनी अहिले विश्वभरि रहेका करिब १० हजारभन्दा बढी कार्गो कम्पनी र नेपालमा एपेक्स ग्लोबल लजिस्टिक्ससँग सहकार्य गर्दै आइरहेका छन् ।


SHARE THIS