ग्लोबल आइएमई बैंकद्वारा विश्वविद्यालयलाई शैक्षिक सामग्री सहयोग

दाङ, जेठ १७ । ग्लोबल आइएमई बैंक लमिटिटेडले बैंक तुलसीपुर शाखाले नेपाल संस्कृत विश्वविद्यालयलाई सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायत्वि अन्तर्गत बैंकले विश्वविद्यालयको संस्थागत विकासका लागि थ्री ईन वान मल्ट्रिप्रिन्टर्स प्रदान गरेको शाखा प्रबन्धक उमङ्ग अधिकारीले जानकारी दिनुभयो ।


शाखा प्रबन्धक अधिकारीका अनुसार बैंकले विश्वविद्यालयका लेखा नियन्त्रक प्रकाशकुमार आचार्यलाई दुई थान थ्री ईन वान मल्ट्रिप्रिन्टर्स उपलब्ध गराएको गरेको हो । सो अवसरमा विश्वविधालयका लेखा अधिकृत जहरीलाल चौधरी र गणेश राज पन्थलगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा लेखा नियन्त्रक आचार्यले ग्लोबल आई. एम. ई बैंक र विश्वविद्यालयका बीचमा लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै सहयोगका लागि बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

बैंकले स्थापनाकाल देखिनै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमकितामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएको भन्दै शाखा प्रबन्धक अधिकारीले बैंकको गतिविधिबाट आम नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएको बताउनुभयो । उहाँले बैंकले ३६५ शाखा, ३६९ एटएिम, ३२१ शाखा रहित बैंकीङ्ग सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।


SHARE THIS