उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय बास्केटबलमा एआईए क्वाटर फाइनलमा प्रवेश

काठमाडौं । उपत्यकाव्पी अन्तर विद्यालयस्तरीय बास्केटबलमा अवारनेस इन्टरनेशनल एकेडेमी (एआईए) क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार शंखमूलस्थित केएमसी स्कुलमा सम्पन्न भएको उपत्यकाव्यापी अन्तरविद्यालय स्तरीय बास्केटबलमा एआईएको दोस्रो  खेल सम्पन्न भएको हो । दोस्रो खेलमा एआईएले काठमाडौँ जेभियर्स पब्लिक स्कुललाई  पराजित गरेको हो । हरेक क्वाटरमा अग्रता लिँदै ३५(२२को विजयी नतिजा निकालेको हो ।

एआईएको जितमा ओमप्रकाश शर्मा एक्लैले २३ अङ्कको योगदान गर्नुभएको हो । यो जितसँगै एआईए समूह बिजेता भएर क्वाटर फाइनलमा प्रवेश गरेको छ।

पहिलो खेलमा सहभागिता एआईएका खेलाडीले केएमसीको विरुद्धमा ३०(७ स्कोरको विजयी नतिजा हात पारेका थिए ।


SHARE THIS