सिभिल बैंकका ग्राहकलाई विभिन्न साझेदारमार्फत छुटै छुटको वर्षा

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफूले प्रदान गर्ने उत्कृष्ठ सेवा र सुविधामा मात्र सीमित नरहेर आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर विभिन्न साझेदारसँग समन्वय गरी आफ्नो ग्राहकवर्गलाई विशेष छुटको व्यवस्था गरेको छ ।

सिभिल बैंकका ग्राहकहरुले अब विभिन्न साझेदारबाट विभिन्न वस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली “सिभिल स्मार्ट – मोबाइल बैंकिङ्ग एप” अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा निम्न बमोजिमका आकर्षक छुटहरु पाउने व्यवस्था गरेको छ ।

बैंकले हालसम्म यस्ता विभिन्न ४० साझेदारहरुसंग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिसकेको छ ।  यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादुर विष्टले बताउनुभयो ।

करिब आठ लाख ग्राहकहरुलाई ११५ शाखामार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टर र ९९ एटिएम रहेका छन् । साथै बैंकले गत असाार मसान्त सम्म रु. ९६ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।


SHARE THIS