परिसूचकसँगै कारोबार रकममा गत साताको तुलनामा झण्डै एक अर्ब रुपियाँले गिरावट

काठमाडौं / पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजारसँगै कारोबार रकममा पनि भारी गिरावट आउन थालेको छ । अघिल्लो साताको तुुलनामा मात्रै यो साता झण्डै एक अर्ब रुपियाँले कारोबार रकममा गिरावट आएको छ ।

यो साता कारोबार रकम गत साताको तुलनामा ९९ करोड ३९ लाख २६ हजार रुपियाँले घटेको हो । गत साता छ अर्ब ५९ करोड ३३ लाख रुपियाँभन्दा बढीको दुुई करोड पाँच लाख पाँच हजार १९५ कित्ता धितोपत्र कारोबार भएकोमा यो साता पाँच अर्ब ५९ करोड ९४ लाख ३६ हजार बराबरको एक करोड ७१ लाख ९९ हजार ९२४ कित्ता धितोपत्र खरीदबिक्री भएको छ ।

साताको अन्तिम दिन शुक्रबार अरु दिनको तुलनामा झनै न्यूून ७३ करोड रुपियाँ मात्रै कारोबार भएको छ । अन्तिम दिन २२० कम्पनीहरुको २३ लाख ५५ हजार एक कित्ता सेयर १५ हजार १६३ पटक खरिदबिक्री हुँदा ७३ करोड ६३ लाख १२ हजार १५८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४५ करोड रुपियाँले कमी हो ।

बिहीबार दिनभर २२१ कम्पनीहरुको ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर २५ हजार ५८५ पटक खरिदबिक्री हुँदा एक अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

नेप्से दुुई हजार तल

लामो समयको अन्तरालमा सुधारिएको सेयर बजार फेरी ओरालो लागेको छ । साताको अन्तिम दिनको सेयर बजारमापक नेप्से परिसूचक ७.५६ अंकले ओरालो लागेर १९७१.३८ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.६९ अंकले ओरालो लागेर ३८१.१४ को विन्दुमा पुगेर रोकिउको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.३८ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.१८ प्रतिशतले ओरालो लागेको छ ।

पूँजीकरणमा भारी गिरावट

गत साताको अन्तिम कारोबार दिन २९ खर्ब १७ अर्ब ५९ करोड रुपियाँ रहेको कुल बजार पूँजीकरण यो साता २८ खर्ब १० अर्ब ६९ करोड ६१ लाख रुपियाँ कायम भएको छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तमा धितोपत्र बजार पँुजीकरण ३३४३ अर्ब ५६ करोड रुपियाँमा सीमित भएको छ । २०७८ वैशाख मसान्तमा बजार पुँजीकरण ३७२४ अर्ब ५५ करोड रहेको थियो ।

गत वैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ४८ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छ लगानी कम्पनी, पाँच होटल, चार व्यापारीक संस्था र तीन अन्य समूहका रहेका छन् ।

नेप्सेमा २०७९ वैशाखसम्ममा सूचीकृत छ अर्ब ७१ करोड सेयरको चुक्ता मूल्य ६६२ अर्ब १० करोड रहेको छ । आर्थिक वर्ष २०७८/७९ को दश महिनासम्ममा ५४ अर्ब ५० करोड बराबरको विकास ऋणपत्र, ४९ अर्ब ३४ करोड बराबरको बोनस सेयर, ४९ अर्ब १६ करोड बराबरको डिबेन्चर, २२ अर्ब सात करोड बराबरको साधारण सेयर, नौ अर्ब ४० करोड बराबरको हकप्रद सेयर र तीन अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल १८८ अर्ब २२ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले पाँच अर्ब २० करोड बराबरको म्युचुअल फण्ड, चार अर्ब ८० करोड बराबरको डिबेन्चर, चार अर्ब ५५ करोड बराबरको साधारण सेयर र तीन अर्ब ४६ करोड बराबरको हकप्रद सेयर गरी कुल १८ अर्ब बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।


SHARE THIS