खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपियाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११२, डिजेल तथा मट्टितेलको ९५ रूपियाँ पर्नेछ ।

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रूपियाँले बढेको हो । अब खाना पकाउने ग्यासको प्रतिसिलिन्डर मूल्य एक हजार चार सय रूपियाँ कायम भएको छ ।


SHARE THIS