सेयर ब्रोकरहरुको संस्थाको नेतृत्वमा सन्तोष मैनाली सहितको टिम सर्वसम्मत

काठमाडौं । सेयर ब्रोकरहरुको साझा संस्था स्टक ब्रोकर एशोसिएशन अफ नेपालको नेतृत्वमा आगामी दुई वर्षका लागि सन्तोष मैनाली सहितको टिम सर्वसम्मत चयन भएको छ ।

एशोसिएशनको नयाँ कार्यसमिति सर्वसम्मतले शुक्रबार चयन भएको हो । ब्रोकर नम्बर ३६, सेक्यूर्ड सेक्यूरिटिज लिमिटेडका अध्यक्ष सन्तोष मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्यक्षमा भक्तिराम घिमिरे र सदस्यहरुमा रवीन्द्र श्रेष्ठ, फणीन्द्र ढकाल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र मदन पौडेल रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष मैनालीले यस अघि पनि एशोसिएशनमा महासचिव र सदस्यको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

नयाँ नेतृत्व चयन गर्दै स्टक ब्रोकर एशोसिएशनको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । स्टक ब्रोकर एशोसिएशनको अध्यक्ष यस अघि ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजका प्रमुख कार्यकारी अधिकृत भरत रानाभाट थिए ।


SHARE THIS