उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित हुनुभएको छ । ढकालले प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

विजयी भएका ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५२२ मत ल्याउनुभयो भने प्रधानले ३७५ मत ल्याउनुभयो । यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा ढकालले ५९ मत ल्याउनुभयो भने प्रधानले ३९ मत ल्याउनुभयो । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ५२ मत ढकाल र ५३ मत प्रधानले प्राप्त गर्नुभयो ।

आइएमई ग्रुपका अध्यक्ष रहेका ढकाल ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आइएमई कोअपरेटिभ, चन्द्रागिरि हिल्स लगायतका डेढ दर्जनभन्दा बढी व्यवसायिक संस्थामा आवद्ध हुनुहुन्छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन्छ । मतगणनाको नजिताअनुसार चन्द्र समूहबाट उपाध्यक्षमा एक जना र किशोर समूहबाट दुई जना विजयी भएका छन् । जिल्लामा किशोर समूहले बहुमत प्राप्त गरेको छ भने वस्तुगतमा चन्द्र र किशोर समूहका सात सात जना कार्यकारिणी सदस्य विजयी भएका छन् ।


SHARE THIS