प्रणय दिवसका अवसरमा जीपीएक्स बाइकर्स प्रदर्शनी


काठमाडौं । प्रणय दिवसका अवसरमा धुलिखेलमा जीपीएक्स बाइकर्स नाइट आउट २०२० कार्यक्रम सम्पन्न भएको छ । मोटर स्पोर्ट्स नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा राइडरहरुका बीचमा विभिन्न अन्तरक्रिया गरिनुका साथै लाइभ म्युजिक, स्टन्ट सो र विभिन्न फन गेमहरुसमेत आयोजना गरिएको जनाइएको छ ।
बाइकर सुरज दा, कार्लोस दुलाल, राम सरदार लगायतले बाइक स्टन्ट सो गर्नुभएको थियो । विविध खेल र गिफ्ट ह्याम्पर, डिस्काउन्ट भौचर लगायतले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको जनाइएको छ । नाइट आउटमा सहभागीले जीपीएक्स लिजेन्ड र रेजर २२० बाइक टेस्ट राइड गरेका थिए ।
मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तन्डुकारले मोटरसाइकल राइडरसँग आत्मियता कायम राख्न नाइट आउटको आयोजना गरिएको बताउनु भयो ।

SHARE THIS