अत्याधिक बढ्यो एलजी टिभीको माग


काठमाडौं । नेपालमा एलजी ब्रान्डको आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सले एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको मागमा अत्याधिक वृद्धि भएको जनाएको छ ।
साथै, ४९ र ४३ इन्चको युएचडी टिभीको माग पनि अत्याधिक रहेको छ । एलजीका युएचडी टिभी ग्राहकको पहिलो रोजाइमा पर्दै आएको दाबी उक्त कम्पनीको छ ।
एलजी टिभीमा फुल एचडी भन्दा चार गुणा स्तरीय ४के पिक्चर डिस्प्ले, म्याजिक मोसन रिमोट कन्ट्रोल, आवाजले नियान्त्रण गर्न सकिने एलजी थिन्क्यु एआई, गुगल असिस्टेन्ट, एलेक्सा विल्ट इन, आइफोनबाट सिधै स्क्रिन सेयर गर्न मिल्ने एप्पल एयरप्लेलगायतका विशेषता रहेको जनाइएको छ ।

SHARE THIS