सर्लाहीको हरिपुरमा मुसहर महिलाले खोले कृषि सहकारी

सर्लाही, हरिपुर । दशकौंदेखि गाउँका महाजनहरुसँग चर्को ब्याजदरमा ऋण लिने गरेका हरिपुरका मुसहर समुदायले आफै कृषि सहकारी सञ्चालनमा ल्याएका छन् ।

महाजनहरुसँग चर्को ब्याजदरमा लिएको ऋण तिर्न महाजनको घर तथा खेत बारीमा गएर न्यूनतम ज्यालामा घरेलु वधुवा मजदुरको रुपमा काम गर्न वाध्य मुसहर समुदाय आत्निर्भको बाटोमा लागेका हुन् ।

हरिपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सहकारीको उद्घाटन गरिएको छ । प्रदेश सभा सदस्य वेचि लुङलेलीको प्रमुख आतिथ्यता तथा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पञ्जियाको विशेष आतिथ्यतामा वडा नं २, ६ र ८ का वडा अध्यक्षको सहभागीतामा उद्घाटन गरिएको हो । कार्यक्रममा वडा  सदस्यहरु, नेपाल राष्ट्रिय मुसहर संघ, मुसहर महिला सशक्तिकरण मन्चका पदाधिकारी लगाएतका १५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

सो अवसरमा नगर प्रमुख गोपाल पञ्जियारले मुसहर महिलाहरु विगतमा भन्दा धेरै परिवर्तन भएको बताउनुभयो । आगामी दिनमा नगरपालिकाले मुसहर समुदायलाई आयआर्जनका लागि सहयोग गर्ने बताउनुभयो । प्रदेस सभा सदस्य बेचि लुङगेलीले मधेसका मुसहर समुदायका महिलाहरुको आर्थिक रुपान्तरणको लागि पहल गर्ने बताउनुभयो ।

सामाजिक आर्थिक रुपमा पिछडिएका तराई मधेसका मुसहर समुदायका महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउन सहकारी स्थापना गरिएको हो । साउथ एसिया पार्टनरशीप नेपाल ९साप नेपाल०ले सञ्चालन गरेको नेपालमा स्थानीय सरकारको लैङ्गिक उत्तरदायी सुशासन प्रवद्र्धन परियोजना अन्तरगत सहकारी स्थापना गरिएको साप नेपालका प्रदेशिक संयोजक जनक कार्कीले जानकारी दिनुभयो ।

हरिपुर नगरपालिका वडा नं २ मा कार्यालय रहेको सो सहकारीमा करिब ५०० महिलाहरु सेयर सदस्य रहेको अध्यक्ष रुपतारा पासवानले बताउनुभयो । आर्थिक रुपाम कमजोर दलित समुदायलाई सहकारीले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

कमजोर आर्थिक अवस्था, शिक्षा तथा चेतनाको अभावका कारण उनीहरु बधुवा मजदुरको रुपमा साहुको घरमा गएर काम गर्नु पर्ने अवस्था छ । ईटाभट्टा एवं भारतमा गएर मजदुरी गर्नुपर्ने बाध्यात्मक अवस्थाले गर्दा कतिले अकालमा ज्यान गुमाउनु परेको छ । ७९ प्रतिशत मुसहर समुदायको आफ्नो नाममा घर जग्गाको लालपुर्जा नभएको कारण बै.क तथा ीव्त्तीय संस्था मार्फत कुनै पनि आर्थिक कारोबार नहुने हुँदा महाजनबाट चर्को बयाजदरमा ऋण लिन बाध्य छन् । घरमा बिरामी पर्दाहोस वा सामाजिक कार्य गर्न पैसा आवशइक हुादा महाजनकै भर पर्नुपर्ने अवस्था रहेको थियो ।


SHARE THIS