सरकारी स्वामित्वको नेपाल बैंक प-यो ए स्तरको रेटिङमा


काठमाडौं । पूर्ण सरकारी स्वामित्वको नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेड नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘ए’ स्तरको रेटिङमा परेको छ । बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय स्वास्थ्य मापन गर्ने यो रेटिङले बैंकको कर्जा जोखिम न्यून रहेको बुझिएको बैंकले जनाएको छ ।
विश्वमै ख्यातिप्राप्त मुडिज्को स्ट्याण्डर्ड बमोजिम रेटिङ कार्य गर्ने नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपाल बैंकलाई ‘ए’ स्तरको रेटिङ कायम गरिएको हो ।
ए स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने र कर्जा जोखिम न्यून रहेको भन्ने आधार प्रमाणित हुन्छ ।
इक्रा रेटिङसँगै बैंक प्रतिको विश्वसनियता बढ्नुका साथै बैंकको व्यवसाय बृद्धि तथा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा बैंकको छ ।
बैंकद्वारा वित्तीय दबावलाई व्यवस्थापन गर्न कर्जा जोखिम, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारिता, बैंकको प्रभावकारी सञ्चालनमा प्रभाव पार्ने आन्तरिक तथा बाहय वातावरणीय तत्वहरुको विषलेशण, बजार हिस्सा, ब्राण्ड तथा ईमेज, स्वस्थ मुनाफाको आधारमा रेटिङ गरिएको हो ।
यस्तै नीतिगत तथा कानुनी प्रभावहरुको मुल्याङ्कन, पूँजी संरक्षण तथा सरकारबाट प्राप्त सहयोग, सुशासन कायम गर्नको लागि गरिएका प्रयास, नीति तथा स्थापना गरेका पूर्वाधार, जोखिम बहन गर्न सक्ने क्षमता, सम्पत्तिको गुणस्तर, पर्याप्त तरलता तथा पूँजीकोष, आम्दानीका स्रोतहरु तथा तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एवं समग्र ईण्डष्ट्रीको जोखिमलगायतका तथ्यहरुको आधारमा नेपाल बैंक ‘ए’ रेटिङमा परेको हो ।
कोरोना संक्रमणको विषम परिस्थितिमा समेत पूर्ण सुरक्षा सर्तकता अपनाउँदै आफ्ना सबै शाखाहरुमार्फत सीमित कर्मचारीहरुलाई संलग्न गराई सीमित बैंकिङ सेवा देशभर सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।

SHARE THIS