घरेलु तथा साना उद्योग संघ काठमाडौंमा कार्कीको नयाँ नेतृत्व

काठमाडौं । घरेलु तथा साना उद्योग संघ काठमाडौंले पदमकुमारी कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्कीको यो दोस्रो कार्यकाल हो ।

संघको राजधानीमा आयोजित २३ औं वार्षिक साधारणसभा एवम १६ औं महिला उद्यमी भेलापछि सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा डोल्मा शेर्पा, उपाध्यक्षमा इश्वर गुरुङ, सचिवमा कमला सुवेदी, कोषाध्यक्षमा सन्तोष कार्की निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा थिरबहादुर तामाङ, कमलादेवी गौतम, दानबहादुर तामाङ, तारादेवी बाँस्कोटा, कमला गुरुङ, विरेन्द्र शाक्य, डम्बरबहादुर बस्नेत, रीता खतिवडा, जीतेन्द्र कुमार श्रेष्ठलगायत हुनुहुन्छ ।

यस्तै संघको महिला उद्यमी समितितर्फ सभापतिमा उषा दाहाल, उपाध्यक्षमा लक्ष्मीदेवी नेपाल, सचिवमा लुना श्रेष्ठ, कोषाध्यक्षमा सुनदरी कारंजित निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा इरा शर्मा, शान्ति शर्मा बराल, धनकुमारी गौतम, मन्दोगोले तामाङ, रजिता महर्जन, शान्ता कार्कीलगायत हुनुहुन्छ ।

साधारणसभाको उद्घाटन समारोहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले घरेलु तथा साना उद्योगहरुको उत्पादनसँगै बजारीकरण पनि मुख्य पाटो भएको भन्दै देशकै ठूलो अवसर रहेको उपत्याकामा बजारीकरणका लागि महानगरपालिकाले सघाउने बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले देशकै अर्थतन्त्रको जगका रुपमा रहेका साना उद्योगहरुका लागि सरकारले ल्याएका प्याकेजबाट लाभ लिन आग्रह गर्नुभयो ।

संघका अध्यक्ष कार्कीले संघको पहलमा महानगरपालिका र नगरपालिकाले घरेलु तथा साना लघुवित्त उद्यमीहरुले उत्पादन र तयारी गरेको उत्पादित सामानहरुको बजारीकरणको लागि व्यवस्ति बजारको आवश्यकता पुरा गर्न कोशेल घरको स्थापना गर्ने अवधारणा आएको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा महासंघका उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्ष शोभा गुरुङ, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापति, महासंघको महिला उद्यमी समिति उपसभापति रोशनी उपाध्यायलगायतले आफ्ना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


SHARE THIS